बुधवारेमा साबुन उद्योग

1
2497

बिर्तामोड।

झापाको बुधबारेमा साबुन उद्योग सञ्चालनमा आउने भएको छ । पाँच करोड रुपैयाँ लगानी गर्दै पूर्बकै नमूना साबुन उद्योगका रुपमा पाँच युवाले लगानी गरेका छन् ।

उद्योगले यही महिनाबाट उत्पादन गर्ने बताइएको छ । दैनिक एक टन सावुन र एक टन सर्फ उत्पादन गर्ने लक्ष्य सहित उद्योग सञ्चालनमा ल्याउन लागेको उद्योग सञ्चालक अनिल वाग्लेले जानकारी दिए ।

एभरेष्ट साबुन उद्योगका नाममा स्थापना गरिएको उद्योगले जर्मन, चीन र मलेशियाबाट कच्चापदार्थ ल्याएर नयाँ प्रविधि अपनाउँदै नुडल्सबाट साबुन उत्पादन गर्ने वाग्लेको भनाइ छ ।

दुई कठ्ठा क्षेत्रफलमा बुद्धशान्ति–१मा उद्योग स्थापना गरिएको र उद्योगमा वाग्लेसहित अनिल घिमिरे, खडानन्द लामिछाने, शौरभ श्रेष्ठ र अनुजा ढुङ्गानाको लगानी रहेको बताइएको छ ।

उद्योगले साबुन, सर्फ, फिनेल, हेण्डवास, हर्पिक उत्पादन गर्ने वाग्लेले बताए । उद्योग सञ्चालनसँगै तीस जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ ।

नयाँ प्रविधि अपनाएर नुडल्सबाट साबुन उत्पादन गर्ने भएकाले यसको बजार पूर्बी नेपालमा रहने बताइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here