मिडिया नेपालको केन्द्रीय सदस्यमा प्रसाईं

0
357

बिर्तामोड।

पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रञ्जित प्रसाईं मिडिया नेपालको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

मिडिया नेपाल झापाको अध्यक्ष समेत रहेका प्रसाईं आगन एफएमका स्टेशन मेनेजर हुन् । मिडिया नेपालको केन्द्रीय समिति बैठकले झापा बिर्तामोड निवासी प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।

राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल जेठ २५ गतेदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले जानकारी दिए । पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र बुद्धिमान तामाङले सञ्चार क्षेत्रमा रहेका विकृति हटाएर प्रजातन्त्रको असली पहरेदारका रुपमा मिडिया नेपाल स्थापित हुन सफल हुनेमा विश्वास व्यक्त गरे ।

यसैबीच मिडिया नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा सूर्य बाँस्तोला चयन भएका छन् । केन्द्रीय समिति बैठकले बास्तोलाको अध्यक्षतामा सात सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । बैठकले प्रदेश नं. ५ को उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णाली प्रदेश उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्ष राधिका जोशी र काठमाडौँ उपत्यका संयोजकमा दीपेशराज थारू तथा केन्द्रीय सदस्यरुमा विजय राउत र सविता पोखरेललाई मनोनित गरिएको केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले जानकारी दिए र्।ं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here