विराट एक्स्पो–२०७६ बर्थडे सरप्राइज : हेलिकप्टर टुर

0
1784

विराटनगर।

विराट एक्स्पो २०७६ मा हेलिकप्टर टुर भइरहेको छ । एक्स्पो सुरु भएदेखिनै संचालनमा रहेको हेलिकप्टर टुरबाट पाथीभरा माताको दर्शन, हलेंसी महादेव तथा विराटनगरको दृश्यावलोकन गराइन्छ ।

शिवरात्रीको अवसर पारेर आउँदो शुक्रबार हलेंसी टुर केन्द्रीत कार्यक्रम ल्याइएको होराइजन होलिडे प्रा.लिका कार्यकारी प्रमुख सुनिल बस्नेतले जानकारी दिनुभयो ।

यसैबीच हेलिकप्टर टुरको अवसरमा सोमबार विराटनगरका व्यवसायी गोल्डेन खानको छोरी वर्ष ८ की साहारा अलि सिन खानको जन्मदिनको अवसरमा सरप्राइज विराटनगर टुर गरियो । साथै त्यस अवसरमा हेलिकप्टरमै जन्मदिनको केक होराइजन होलिडेको तर्फबाट केक काटिएको थियो ।

विराट एक्स्पोमा हेलिकप्टर टुर गराउने भएपछि आफ्नी छोरीलाई विराटनगरको दृश्यावलोकन हेलिकप्टरबाट गराउन पाउँदा आफूलाई खुसी लागेको गोल्डेन खानले जानकारी दिनुभयो ।
होराइजन होलिडेले नवविवाहित दम्पत्तीकालागि तथा जन्मदिन मनाउने, एनिभर्सरी मनाउनेका लागि विशेष प्याकेजको व्यवस्था गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here