झोलुङे पुल वनाएर गाँउ जोडदै प्रदेश सांसद मगर

0
587

झापा ।

शिवसताक्षी नगरको फोकलेण्ड टापु र प्रगती टोल जोड्न दुधे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयपछि झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश १ का सांसद झलकवहादुर दर्लामी मगरले सर्वसाधरणको आवत जावत सहज नभएका गाउ जोड्न ठाँउ ठाँउमा झोलुङ्गे पुल निर्माण अभियान शुरु गरेका हुन ।

साँसद मगरको पहलमा झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई आवत जावत सहज मात्र होईन, गाँउमा उत्पादन भएका कृषी उपज वजार सम्म ल्याउन किसानलाई सजिलो भएको भएको छ । वर्षातका वेला विद्यालय जान नसकेका विद्यार्थीलाई पनि पुल निर्माण भएपछी सजिलो भएको छ । वाढी आएका वेला फोकलेण्ड टापुका विद्यार्थी विद्यालय जान सक्दैन थिए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को फोकलेण्ड टापुको पुर्व बाट दक्षीण हुदै दुधे खोला वगेको छ, भने पुर्व राते होली छ । रतुवामाई वृक्षारोपण आयोजनाको र चुरे जंगल उत्तरमा छ । वर्षातका वेला दुधे र राते होलिमा ठुलो बाढी आउने गरेको स्थानीयले बताएका छन । जस्का कारण स्थानीय घन्टौ सम्म टापुमा थुनिने गरेको स्थानीय ले बताए । स्थानीय देवीप्रसाद सुवेदीले गाँउमा झोलुङे पुल निर्माण भएपछी स्थानीयको जिवन स्तर माथी उक्सने बताए । सो वस्तीमा २५ घर परिवारको वसोबास रहेको छ ।

पुल निर्माण क्षेत्र देखी करिव ४ सय मिटर उत्तरमा मदन भण्डारी राजमार्ग समेत निर्माणको सम्भवना बनेपछी स्थानीय लाई दोहोरो फाईदा हुने भएको छ । सांसद मगरको पहलमा गाँउमा झोलुङे पुल निर्माण हुने भएपछी आन्तरिक तथा वाहिय पर्यटक आउने र हरेक दृष्टीकोणले गाँउको प्रवद्र्धन हुने स्थानीयको ठम्याई छ । स्थानीयले भने, ‘हाम्रो गाँउ अव सवैको साझा फुलवारी जस्ते हुने भएको छ ।’

झोलुङे पुल निर्माणको ठेक्का रुविना निर्माण कन्स्ट्रक्सन ईटहरीले लिएको छ । १३६.६० मिटर लामो उक्त झोलुङेपुल ०७६ कात्तिकमा संझौता भएर १८ महिना भित्रमा निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ । व्यवधान नभए तोकिएकै समयमा पुन निर्माण सम्पन्न हुने छ,‘ठेकेदार कम्पनीले भन्यो । उक्तपुल १ करोड १५ लाख ७० हजारमा निर्माण हुने भएको हो । भौतिक योजना मन्त्रालय अन्र्तगतको पुलमहासाखाले साँसद मगरको आग्रहमा बजेट निकासा गरेको हो ।

सांसद मगरले शिवसताक्षीको वडा नम्बर १ को आदर्श टोल हुदै कमल गाँउपालिकाको सानो केर्खा जोड्ने अर्को झोलुङे पुल पनि निर्माणको तयारी शुरु गरेका छन । सांसद मगरले भने, ‘माटोको सोयलटेष्टको रिर्पोट आएपछि ठेक्का खुल्छ, त्यसपछि धमाधम निर्माण शुरु हुन्छ ।’ यता, शिवसताक्षी नगरको वडा नम्बर ११ र ८ को सतासी खोलामा पनि झोलुङेपुल निर्माण को सम्भाव्यता अध्ययन शुरु भएको साँसद मगरले बताए । वडा नम्बर ७ को कनकाई नदिमा चन्द्रडाँगी–लालपानी र गौरीगञ्जको रंगियाथान देखी झापावजार जोड्नका लागि झोलुङेपुल निर्माण हुने उनले बताए । सांसद मगरले तोकेकै समयमा निर्माण सम्पन्न गरी सर्वसाधरण जनतालाई राहत प्रदान गर्न ठेकेदार कम्पनीकालाई अनुरोध गरेका छन ।

फोकलेण्डटापुमा निर्माणहुने झोलुङेपुलको मंगलबार एक कार्यक्रमको विच सांसद मगरले सिलान्यास गरेका छन । नगरकार्यपालिका सदस्य गिता खरेलको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका की उपप्रमुख भोजकुमारी नेपाल, नेकपा शिवसताक्षीका अध्यक्ष महेन्द्र भट्टराई र ठेकेदार कम्पनीका तर्फबाट गोपाल खड्काले शुभकामना मन्तव्य राखेका थिए । सिलान्यास कार्यक्रमको संचालन श्रीप्रसाद खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here