झापामा चार तले घर भाडा लिएर यौनधन्दा, तीन जना पक्राउ

0
1967

झापा

युवतीलाई आर्थिक प्रलोभन देखाई झापाको मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उप महानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल,  मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भन्ने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका ६ बस्ने ४६ वर्षीय सूर्य भन्ने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

तीन जना पक्राउ परेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएका छन् । यता पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

युवतीले खुलाए घटना

प्रहरीका अनुसार बिहीबार बिहान मेचीनगर ६ स्थित सडकमा अन्दाजी २० देखि २१ वर्षका दुई जना युवतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछ गरेका थिए ।

सोधपुछको क्रममा ती दुई युवतीले आफ्नो घर भक्तपुर र मोरङ बताएकी थिइन । युवतीले झापा जिल्ला बाहिर आफ्नो घर बताएपछि प्रहरीले थप सोधपुछ सुरु गरे । प्रहरीले गरेको सोधपुछको क्रममा युवतीले यौन धन्दा चलाएको घटनाको खुलस्त गरिन ।

युवतीले प्रहरीलाई दिएको बयान अनुसार पक्राउ परेका ती व्यक्तिहरूले मेचीनगर ७  स्थित प्यारीभिट्टामा १६ कोठा भएको चार तले घर भाडामा लिएका थिए ।

सोही घरमा झापा बाहिर जिल्लाका युवती राख्ने र कोठामै ग्राहक बोलाएर यौन धन्दा चलाउँथे । त्यति मात्र नभई ती व्यक्तिले ग्राहकको चाहना बमोजिम युवतीहरूलाई यौन सम्पर्क गराउन झापाका विभिन्न होटेल तथा लजमा समेत पठाउँदै आइरहेका थिए ।

युवतीले दिएको बयानलाई उदृत गर्दै प्रहरी नायव उपरीक्षक पोखरेलले भने, एक दिनमा ५ देखि ६ जना व्यक्तिसँग सम्म यौन सम्बन्ध राख्न लगाउने गरेको र प्रति व्यक्ति प्रति घण्टा ५०० र रात समयमा बाहिर होटेलमा पठाउँदा प्रति रातको  २५०० सय सम्म रकम दिने प्रलोभन युवतीहरूलाई दिएको थियो ।’ युवतीले यो काम गरे बापत अहिलेसम्म १० हजार रकम मात्र पाएको खुलाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here