पेस्तोल बरामद,६ जना पक्राउ

0
759

झापा।

दमक नगरपालिका–१०बाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरुले झोला छाडी फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको हो । विहीवार फेला परेको हतियारका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच मोरङ सुन्दरहरैंचा–६ घर भई सुन्दरहरैंचा भर्जना पुलस्थितमा डेरा गरी बस्ने नरबहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

बिशेष सुराकीको आधारमा विहीवार साझ सँवा ७ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले दर्जीको कोठामा खानतलासी गर्दा दर्जीसहित सोही स्थानका आशिष ढकाल, आशिष मगर र रुपेश तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी झापाको काँकरभिट्टा सीमाढाट एरियाबाट २ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विहीवार अपरान्ह भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आइरहेका स्कुटर चालक बिर्तामोड–६ बस्ने १९ बर्षीय मनिष लिम्बू र पछाडि सवार ताप्लेजुङ मिक्वाखोला–७ बस्ने २४ बर्षीय मुकेश थलाङलाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको हो ।

पक्राउ परेकाहरुलाई सम्बन्धित कार्यालयमा राखी कानूनी कारबाही भइरहेको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here