सूर्यज्योतीमा विद्यार्थीहरुको लागि अन्तरिक्ष विज्ञान प्रदर्शनी

0
1012

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ स्थित सूर्यज्योती अङग्रेजी आवासिय विद्यालय र काठमाण्डौंस्थित जीयो साइन्स एण्ड प्लानेटेरियम प्रा.लि.को संयुक्त आयोजनामा आइतबार अन्तरिक्ष विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई डिजिटल प्लानेटेरीयमको माध्यमबाट आकाशमा अवलोकन गराई अध्धयन गराउने, ताराहरुबीच रहेको ग्रहहरुको बारेमा बुझाउने, चन्द्रमालाई नजिकबाट देखाउने र बुझाउने, खगोल शास्त्रको प्रयोगात्मक सिकाईलाई उनीहरुमाझ प्रस्तुत गर्ने प्रा.लि.का शिक्षक एवम् सहजकर्ता प्रेम वि.क. बताँउछन् ।

जीयो साइन्सँग सम्बन्धित प्रयोगात्मक शिक्षा लिन भारतको सिलीगुढीसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यालयमानै विद्यार्थीहरुलाई उक्त सुविधा प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक गणेश बुढाथोकीले बताए ।

कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीलाई एक सय ५० रुपैयाँ र कक्षा चारदेखि १०सम्मका विद्यार्थीलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको सो कार्यक्रममा तीन सय जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक बुढाकोली जानकारी दिए ।

१९ फिट अग्लो र आठ मिटर डाईमिटर भएको डुमभित्र विद्यार्थीहरुलाई प्रवेश गराई अध्धयन गराउने कार्यक्रममा अन्तरिक्ष विज्ञान प्रदर्शनीसँगै थ्रीडीको विषयमा पनि जानकारी गराइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here