देवभूमि विद्यापीठको १३औं वार्षिकोत्सव सम्पन्न

0
907

अर्जुनधारा ।

झापाको अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ अङग्रेजी आवासिय विद्यालयको १३औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत प्रधानाध्यापक राकेश कट्टेलले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, रायम्स, नाटक, फेसन सो, कविता वाचन, कराते प्रदर्शनलगायत प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा सरसफाई अभियन्ता विष्णु आचार्यलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राना, विद्यालय अन्र्तगत रहेको सगरमाथा टिन्स क्लबकी अध्यक्ष दीक्षा भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन छात्राद्धय अंकिता भट्ट र दीक्षा भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here