जवरजस्ती बालुवा उत्खनन् गर्ने ट्याक्टर पक्राउ

0
878

दुधे ।

मानववस्तीलाई नै खतरा पर्ने गरि स्थानीय खोलाबाट वालुवा उत्खनन् गरिरहेको अवस्थामा आईतवार झापा प्रहरीले दुई वटा ट्याक्टर पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को दुधे खोलाबाट जवरजस्ती वालुवा निकालेको खवर स्थानीयले प्रहरीलाई गरेपछी दुई वटा ट्याक्टर पक्राउ गरिएको हो । ट्याक्टर स्थानीय नविन खरेल र खड्ग अधिकारीको भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मे १ त ६४८४ र प्रदेश १—०२—००३ त २६८ नम्बरको ट्याक्टर पक्राउ गरेको हो । पक्राउ गरेको ट्याक्टरलाई ईलाका प्रहरी कार्यलय झिलझिलेमा राखिएको छ । ट्याक्टर ले वालुबा निकालेको भु क्षेत्र नजिकै मानव वस्ती छ । सरकारले मानव वस्ती नजिक क्षेत्र र पुर्व पश्चिम राजमार्ग नजिकैको पाँचसय मिटरबाट निर्माण सामाग्री उत्खनन् गर्न नपाउने कानुनी व्यवस्था गरेको छ ।

सो क्षेत्रमा आसपासमा संघिय सरकारको १५ लाख र शिवसताक्षी नगरको ३ लाखको लागतमा स्थायी तटवन्धको काम भईरहेको स्थानीयले बताए । ट्याक्टरका चालकलाई पटक पटक उत्खनन् नगर्न गरेको आग्रलाई वेवास्ता गरेपछी वाध्य भएर प्रहरीलाई खवर गरेको बताए ।

शिवसताक्षी नगरले कनकाई र कमल नदिसहित दुधे र सतासी खोलाको पनि निश्चित मापदण्ड राखेर खोलाबाट उत्पादित निर्माण सामाग्री उत्खननका लागि ठेक्का लगाएको छ । नगरका सुचना अधिकारी प्रकाश चौधरीका अनुसार मापदण्ड विपरित निर्माण सामाग्री उत्खनन् गर्न नपाईने बताए ।

खोला नदि किनारमा स्थानीयको नम्वरी जग्गा भए नगरपालिकाको सिफारिसमा सम्वन्धि जग्गा धनीले व्यत्तिगत प्रयोजनका लागिमात्र निर्माण सामाग्री उत्खनन् गर्न पाउने व्यवस्था छ । तर, मानववस्ती नै जोखिममा परेको भु क्षेत्रबाट निर्माण सामाग्री कुनै पनि ठेकेदारले उत्खनन् गर्न नपाउने उनले बताए ।

स्थानीयले शिवसताक्षी नगरले सो क्षेत्रको अनुगमन गर्न पनि माग गरेका छन । उनिहरुले भने ‘वर्षेनी दुधे खोलाको कटान वाट पिडीत बनेका स्थानीयलाई खोलाले थुपारेको निर्माण सामाग्री उत्खनन् दिने अधिकार बाढी पिडीतको पक्षमा छैन ।’ सो क्षेत्रमा १६ भन्दा धेरै घरपरिवार वाढीको कटानबाट वर्षेनी पिडीत बन्दै आएका छन । नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चौधरीले सो क्षेत्रको अनुगमन गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here