भद्रपुरमा ट्राफिकलाई घण्टाघर

0
768

भद्रपुर।

झापाको सदरमुकाम भद्रपुरमा घण्टाघरसहित ट्राफिक पोष्ट निर्माण हुने भएको छ ।

रोटरी क्लब अफ भद्रपुरले मेची राजमार्गको चारआली–केचना सडकखण्ड अन्तर्गतको भद्रपुर–८स्थित सगरमाथा चोकमा घण्टा घरसहित ट्राफिक पोष्ट निर्माण गर्न लागेको हो ।

रोटरीले करिब १० लाख रुपैयाँको लागतमा घण्टाघरसहित ट्राफिक पोष्ट निर्माणको योजना अघि सारेको क्लबका अध्यक्ष टीकाराज ढकालले जानकारी दिए । भद्रपुर नगरपालिकाका इञ्जिनियरले घण्टाघरको डिजाइन तयार पारेको र सडकले अनुमति दिएपछि निर्माण कार्य शुरु हुने ढकालले बताए ।

घण्टाघर निर्माण हुने भएपछि आइतबार दिउँसो रोटरी क्लबका अध्यक्ष ढकालसहित ८ नम्बर वडा कार्यालयका अध्यक्ष गौरव सुब्बा (मनोज), नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकार, अस्थायी ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीका प्रहरी सहायक निरीक्षक जनक तिम्सिना लगायतको टोलीले सडकको स्थलगत अनुगमन गरेको थियो ।

चारआली–केचना सडक खण्ड हुलाकी राजमार्ग अन्तरगत परेको हुँदा हुलाकी सडक आयोजनाको क्षेत्रीय कार्यालय इटहरीलाई घण्टाघर निर्माणको विषयमा जानकारी गराइसकेका छौ– वडाध्यक्ष सुब्बाले भने– हुलाकी सडक आयोजनाले अनुमति दिएपछि काम शुरु हुन्छ । उनले सवारी चलाउँदा सो सडकखण्डमा दुर्घटना बढ्न थालेपछि रोटरीकै सहकार्यमा योजना अघि सारिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here