ज्योती बस्ती बाटो विस्तार योजनाको सार्वजनिक सुनुवाई

0
436

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित ज्योती बस्ती बाटो विस्तार योजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष केवल चौहनको अध्यक्षता र अर्जुनधारा–७ वडा समितिका अध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त योजनाको आय–व्यय विवरण सचिव तुलसीबहादुर श्रेष्ठले सार्वजनिक गरेका थिए ।

चालु आर्थिक वर्ष ०७६÷०७७को वडाको स्वीकृत बजेट तीन लाख अनुदानसहित जम्मा तीन लाख ५० हजारको लागतमा लम्बाई चार सय ५० मिटर बाटो विस्तार गरिएको सचिव श्रेष्ठले बताए । स्टीमेटमा उल्लेख भएको भन्दा १४ फिट बढी कार्य गरिएको उक्त योजना अन्र्तगत साविक २४ फिट रहेको बाटोको चौडाई दुवैतर्फ नालासहित ४२ फिट विस्तार गरिएको छ ।

गत माघ १४ गते सम्झौता भई सुरु भएको बाटो विस्तारको कार्य माघ २९ गते सम्पन्न भएको हो । बिर्तामोड–शनिश्चरे–खुदुनावारी सडक अन्र्तगत मदनपुर–जरुवाबस्ती–पौड्याल चोक–दाहाल चोक–मिलडाँडा हुँदै अर्जुनधारा–५ स्थित डीएमसी भवन नजिकको बाटोसँग जोडिने उक्त बाटोका कारण मिलडाँडादेखि ज्योती बस्तीसम्मका सात सय ५० घरधुरीका मानिसहरु प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here