बाल सुवोधिनिका ३६१ विद्यार्थीको आँखा जाँच

0
743

दुहागढी ।

झापा दुहागढी स्थित बाल सुवोधिनि आधारभुत विद्यालयमा मंगलवार निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।

मेची आखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका ३ सय ६१ जना विद्यार्थीहरुको आखा जाँच गरिएको थियो ।

आँखा जाँच गराउने मध्ये दृष्टिदोष देखीएका ७ जनालाई थप उपचारका लागी मेची आँखा अस्पताल पठाउन सिफारीस गरिएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here