बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

0
1472

इटहरी,

सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करिब १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ ।

लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो ।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरी समापन कार्यक्रमसँगै बिदाइसमेत गरिएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताउनुभयो । छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबै जनाले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्र्नुपर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकांश वक्ताले बताए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here