साँस्कृतिक महोत्सव गर्दे कमल गाँउपालिका

0
881

झापा ।

झापाको कमलगाउँपालिकामा पहिलो पटक साँस्कृतिक महोत्सव हुने भएको छ । गाँउकार्यपालिकाले संस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्रालयको आर्थिक सहयोगमा महोत्सवको तयारी गरेको हो ।

कमल गाँउपालिकाको प्रस्तावित अन्तराष्ट्रिय रंगशालामा फागुन १६ गते कमल साँस्कृतीक महोत्सवको तयारी शुरु भएको वुधबार पत्रकार सम्मेलन गरि पालिकाले जानकारी गराएको हो । महोत्वसका लागि पालिकाका उपाध्यक्ष वेणु प्रसाद सिवाकोटीको संयोजकत्वमा ३५ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । सांस्कृतीक महोत्सव मुल आयोजक समारोह समितिका संयोजक सिवाकोटीका अनुसार पालिकाकी अध्यक्ष मेनुका काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । अन्य विधागत उपसमिति गठन भएका छन ।

वडा नम्बर १ का अध्यक्ष डम्वर निरौलाको संयोजकत्मा मञ्च व्यवस्थापन समिति, २ का अध्यक्ष प्रेमवहादुर राईको अध्यक्षतामा स्वागत समिति, ३ का अध्यक्ष पृथ्वी सुवेदीको संयोजकत्वमा साँस्कृतीक टोली व्यवस्थापन समिति गठन भएको छ । यस्तै वडा नम्बर ४ का अध्यक्ष केदार कटवालको अध्यक्षतामा प्रचार प्रसार समिति,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र भट्टराइृको संयोजकत्वमा स्वयम सेवक समिति, वडा नम्बर ६ का अध्यक्ष नरप्रसाद दंगालको अध्यक्षतामा स्वास्थ्य समिति र वडा नम्बर ७ का अध्यक्ष तारा नेउपानेको संयोजकत्वमा पिउनेपानी व्यवस्थापन समिति गठन भएको छ ।

महोत्सव सफल वनाउन राष्ट्रिय स्तरका १६ कलाकारको छ टोली संघिय मन्त्रालयले झापा पठाउने तयारी गरेको पत्रकारलाई आयोजक कमल गाउपालिकाले जानकारी दिएको छ । त्यसका अलवा झापाका विभिन्न पालिका का १३ साँस्कृतीक टोलिले पनि महोत्सवमा आफ्ना प्रस्तुती दिने कार्यक्रम संयोजक सिवाकोटीले जनाएका छन ।

सरकारले पर्यटन वर्ष २०२० लाई भ्रमण वर्षको रुपमा सफल बनाउन सकेसम्म हरेक पालिकामा पर्यटन र संस्कृती संग जोडेर कुनै न कुनै कार्यक्रम आयोजना गर्नुपर्ने सुझाएको थियो । मन्त्रालयले नै कमल गाँउपालिकालाई ४ लाख ९० हजार वजेट सहित कार्यक्रमको अख्तियारी दिएपछी साँस्कृतीक महोत्स आयोजना गर्न पालिका तयार भएको गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन ।

महोत्सव २० हजार दर्शकले हेर्ने अनुमान आयोजकले जनाएको छ । महोत्ववमा साकेला, च्याव्ब्रुङ, नौमती, तामाङ्गसेलो, सन्थाल, झाँगर,तमु, धामी, राजवंशी, वालन, लाख, संगिनी र थारु समुदायका जातजातीका भेष भुषा सहितको साँस्कृतीक कार्यक्रम आयोजना हुने पालिकाले जनाएको छ ।

लोपन्मुख जात जातिका धर्म, संस्कृती परम्परा र रितीरिवाजलाई साँस्कृतीक महोत्सवको माध्यमबाट जगेर्ना गर्नु कार्यक्रमको मुख्य उद्दे्रय रहेको आयोजक समितिले जनाएको छ । महोत्सवको उद्धघाटन १ नम्बर प्रदेशका पर्यटन तथा नागरीक उड्डयन मन्त्री जगदिस कुसीयतले गर्ने कार्यक्रम तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here