उपाधि इष्ट होराइजन मावि धुलावारीलाई

0
577

बिर्तामोड,

झापाको बिर्तामोड ६ वुट्टावारीस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीको आयोजनामा भइरहेको तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलावारीले हात पारेको छ ।
लिटलफ्लावर्स इङ्लिस स्कूल विर्तामोड र इष्ट होराइजन मावि धुलावारीवीच भएको फाइनल प्रतियोगितामा १ का विरुद्ध २ गोल गर्दै इष्ट होराइजन मावि धुलावारी विजयी भएको हो ।


प्रतियोगितामा वेस्ट गोलकिपर लिटलफ्लावर्स इङ्लिस स्कूलका रुपकराज दाहाल र वेस्ट डिफेन्स लिटलफ्लावर्स इङ्लिस स्कूलका सोहित श्रेष्ठ घोषित भए । त्यस्तै वेस्ट मिडफिल्डर इष्ट होराइजन मावि धुलावारीका अरुण श्रेष्ठ र वेस्ट फरवार्ड इष्ट होराइजन माविका निरज कार्की घोषित भए ।
प्रतियोगितामा प्रतियोगिता अवधिभर चार गोल गरी सबै भन्दाबढी गोल गर्ने इष्ट होराइजन माविका अविनाश चौधरीले गोल्डेन बुट प्राप्त गरे भने प्रतियोगिताको राइजिङ स्टारको उपाधि न्युटन्स् एजुकेशन एकेडेमीका उज्ज्वल राईले प्राप्त गरे । प्रतियोगिताका विजेता, उपविजेता, र अन्य खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

गत फागुन ६ गतेदेखि सञ्चालित तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगितामा झापाका १८ वटा विद्यालयले सहभागिता जनाएको न्युटन्स् एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी गिरीको अध्यक्षता तथा झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्युटन्स् एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देबेन्द्र हुमागाईले स्वागत गरेका थिए ।
कार्यक्रममा विर्तामोड नगर खेलकुद समितिका अध्यक्ष टीका संग्रौला , विर्तामा नगर प्याव्सनका सचिव सुरेन्द्र खरेल , इष्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एभरेस्ट स्मार्ट एजुकेशन एकेडेमीका म्यानेजिङ डाइरेक्टर आशिष प्रसाईले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षक दधिाम खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here