आज पूर्वाञ्चलको रजत महोत्सव समारोह

0
1313

बिर्तामोड।

पूर्वाञ्चल दैनिकको रजत महोत्सव समारोह आज आइतवार विशेष कार्यक्रमकाबीच बिर्तामोडमा हुँदैछ । बिर्तामोडको अतिथि सदनमा हुने समारोहको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर १का प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नेछन् ।

समारोहमा रजत महोत्सवको सन्दर्भमा पत्रकारिताका विविध पक्ष समेटेर प्रकाशित ‘पूर्वाञ्चल विशेषाङ्क’ को लोकार्पण गरिनेछ । सोही समारोहकाबीच मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार २०७५ अग्रज पत्रकार नकुल काजी र चन्द्र भण्डारीलाई र २०७६का लागि अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिनेछ । पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै उत्कृष्ट पत्रकारको सम्मान डेस्क सम्पादक लक्ष्मण ढकाल र चन्द्रकान्त ढकाललाई उत्कृष्ट व्यवस्थापकको सम्मान प्रदान गरिनेछ । उक्त सम्मानको राशि जनही ११ हजार रुपैयाँ रहेको छ । सोही अवसरमा लेखक पत्रकारहरुको सम्मानका साथै व्यङ्ग्यचित्रकार प्राज्ञ पवन राजवंशीको व्यङ्ग्यचित्र र फोटो पत्रकार बिनोद पाण्डेको फोटो प्रदर्शनी समेत आयोजना गरिएको छ ।

कार्यक्रममा आकर्षक नृत्य लगायतका प्रस्तुति हुनेछन् । श्रीअन्तु प्रकाशन प्रालिद्वारा २०५२ सालबाट प्रकाशन शुरु भएको पूर्वाञ्चल दैनिक २४ पूरा भई २५ बर्ष प्रवेश गरेको अवसरमा उक्त समारोहको आयोजना गरिएको हो । कार्यक्रममा आतिथ्यसहित सहभागिताका लागि संस्थाले सबैलाई आमन्त्रण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here