अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित शुभतारा एजुकेशन फाउण्डेसनको ११औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
शिक्षक–अभिभावक संघका अध्यक्ष पर्शुराम कटुवालको अध्यक्षता र अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत विद्यालयका संस्थापक प्रधानाध्यापक कुमार रायाले गरेका थिए ।
विद्यालयका शिक्षकहरुलाई मायाको चिनोबाट सम्मानित तथा विद्यालयमा हालै सम्पन्न भएको स्पोर्टस मिट–२०७६का विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य, रायम्स, ¥याम्प वकलगायत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोम्देन, प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बा, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, नगर सहकारी समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, रीडमोड पब्लिकेशनका बजार निर्देशक कमल श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थापक प्रधानाध्यापक रायाले गरेका थिए ।






























राम्रो कार्यको नतिजा राम्रो आयो!आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम भइरहनु पर्दछ!