पुराणको आय ब्यय सार्बजनिक

0
1072

बिर्तामोड ।

झापाको बिर्तामोड २ चारपानेमा रहेको विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको एक कार्यक्रमका वीच आय ब्यय सार्बजनिक गरिएको छ ।

विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा गत माघ १४ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको आय ब्यय पुराण आयोजक समितिले सार्वजनिक गरेको हो ।

पुराण आयोजक समितिका संयोजक अम्वरबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पुराण आयोजक समितिका कोषाध्यक्ष जगनाथ भण्डारीले महायज्ञको आय ब्यय सार्वजनिक गरेका थिए ।
महायज्ञबाट जम्मा ७ लाख ९१ हजार १ सय ३३ रुपैयाँ आम्दानी भएकोमा ३ लाख ६७ हजार ७ सय ६७ रुपैयाँ खर्च भएको र ४ लाख २३ हजार ३ सय ६६ रुपैयाँ बैंक मौज्दात रहेको उनले बताए ।

त्यस्तै महायज्ञबाट १८३ मन २२ केजी धान र ६सय केजी चामल संकलन भएको उनले बताए । महायज्ञबाट संकलन भएको धान र चामल विद्यालयमा आवाशीय रुपमा रहेका वटुक तथा त्यहाँ आउने पाहुनाहरुको भोजनका लागि भण्डारण गरिएको उनले वताए ।

कार्यक्रममा पुराण आयोजक समितिका सह संयोजक दिनानाथ सिग्देल, सचिव पूर्णानन्द तिम्सिना , विवेकाश्रमका उपाध्यक्ष विष्णुभक्त भण्डारी, महासचिव लहेन्द्रप्रसाद भट्टराई , सांगवेद संस्कृत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक चुडामणि पौडेललगायतले सवैको सहयोगले महायज्ञ सफल भएको वताए ।

कार्यक्रमको सञ्चालन विवेकाश्रमका सचिव भरत भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here