सामाजिक कार्यमै खर्च गर्छन् सांसद श्रेष्ठ सुविधा रकम

0
611

अनिल वाग्ले,झापा ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य श्रेष्ठ जनप्रतिनिधिहरुका निम्ति एक उदाहरणीय पात्र बनेका छन् ।

आफ्नो त्यागी स्वभाव र व्यवहारले उनी जनताका रुचाइएका सांसद बनेका छन् यतिवेला । निष्ठाको राजनीति गर्न आपूmलाई आमाबाट प्रेरणा मिलेको बताउने उनी सामाजिक सञ्जाल मार्फत आप्mनो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गर्छन् र त्यो रकम सामाजिक कार्यका लागि प्रदान गर्छन् ।

देश तीनतहको संरचना अनुसार अघि बढिरहेको अवस्थामा उच्च सरकारी तहका व्यक्ति, मन्त्री, सांसद र धेरै स्थानीय तहका जनप्रतिनिधि भढष्ट्राचार र ‘मोह’को राजनीतिमा मुछिइरहेको वेला उनको त्यो त्यागी स्वभाव र व्यवहारले उनको क्षेत्रमा मात्रै होइन यतिवेला सबै तिर उनी प्रशंसाको पात्र बनेका छन् । प्रदेश सभा सदस्य भए बापत मासिक ४५ हजार रुपैयाँ र घर भाडाबापत मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दै आएका उनी मासिक ६० हजार रुपैयाँ बुझेर त्यो रकम सामाजिक सेवाका लागि प्रदान गर्छन् । उनले प्रदान गर्ने रकमबाट धेरै सामाजिक कार्य सम्पन्न भएकोमा उनको निर्वाचन क्षेत्रका नागरिक हर्षित बनेका स्थानीय प्रविन निरौलाले बताए । उनको सो कार्य जनप्रतिनिधिका लागि उदाहरण बन्न सकेको घट्टेकुलो सामुदायिक समाज काठमाडौंका उपाध्यक्ष प्रभातमणी ओझा (प्रविण) ले सुनाए ।

पारिश्रमिक सामाजिक सेवाकालागि सार्वजनिक गर्दा धेरै सांसदहरुको विरोध आएको बताउने उनले विरोध भन्दा जनताको पक्षबाट स्याबासी अति नै धेरै आएकाले आपूmलाई सामाजिक कार्य गर्न अझ बढी प्रेरणा मिलेको बताए । सांसद श्रेष्ठको घर काठमाडौंको बानेश्वरमा छ । उनकी श्रीमती उप–पाध्यापक छिन् ।

सांसद श्रेष्ठ समाजसेवालाई नै आप्mनो पहिलो कर्म ठान्छन् । उनी भन्छन् ‘भगवानको कृपाले दुई छाक खान र बस्न मिलेको छ, निष्ठाको राजनीति रोजेको छु, म राजनीतिलाई समाज सेवासँग जोड्छु, राजनीति गरेर कमाउनु छैन ।’ २०५१ मा शंकरदेव क्याम्पसको स्ववियु सहसचिवबाट राजनीति सुरु गरेका उनी २०५३ मा शंकरदेव स्ववियु सभापति, २०५६ मा नेवि संघ काठमाडौं सभापति, २०६१ मा नेवि संघ केन्द्रीय सहमहामन्त्री, क्षेत्रीय उपसभापति, महाधिवेशन प्रतिनिधि हुँदै प्रदेश सांसद बनेका छन् । बाग्मती प्रदेश सभाका सांसद श्रेष्ठ काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेपाली काँग्रेसका निर्वाचित सांसद हुन् । उनी वाम गठबन्धनभन्दा १६ सय ५० मत बढी ल्याएर विजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here