सरकारी टोलीद्धारा पूर्वीनाकामा रहेको कोरोना हेल्प डेस्कको अवलोकन

0
1026

कांकरभिट्टा ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको चिकित्सकसहितको टोलीले मंगलबार पुर्वीनाकामा रहेको नोवल कोरोना भाइरस परामर्श सहायता कक्षको स्थलगत अवलोकनसहित अन्तरक्रिया समेत गरेको छ ।

विभागका डाक्टर नरेन्द्रकुमार खनालसहितको टोलीले अहिले देशका विभिन्न नाका संवेदनशल रहेकाले उच्च सतर्कता अप्नाउनुपर्ने बताउनुभयो । चिनबाट शुरु भएको नोवल कोरोना भाइरस अहिले त्यहा कम भएपनि अन्य मुलुकमा बढ्दै गएकाले नेपालले पनि सावधानी अप्नाउनुपर्नेमा जोडदिनुभयो । विशेषगरी पुर्वीनाका भएर नेपाल भित्रिनेलाई नोवल कोरोना भाइरस परामर्श सहायता कक्षसम्म पुर्याउनुपर्ने बताउनुभयो ।

ज्वरो १ सय ४ डिग्रीमाथि आउनु, घाटी र टाउको दुख्नु, रुघा र खोकी लाग्नु तथा श्वासप्रश्वासमा समस्या देखिनु यो रोगको लक्षण रहेको बताउनुभयो । उहाँले नियमित सावुन पानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, जंगली तथा घरेलु पक्षीहरुको सम्पर्कबाट टाढा रहने, खोक्दा हाछ्यँ गर्दा नाक र मुख छोप्ने फ्लुको लक्षण देखिएका व्यक्तिबाट टाढा रहने मासु अण्डा राम्रोसँग पकाएर खाने यसबाट बच्ने उपाय रहेको जानकारी गराउनुभयो ।

सहायता कक्षमा सक्रिय स्वास्थ्यकर्मीहर समेत सुरक्षित हुनुपर्ने र यसनाका हुदै नेपाल प्रवेश गर्ने विदेशीहरुमा निगरानी बढाउने र कहि कतै भाइरसको लक्षण देखिए आवश्यक परामर्श र उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाई थियो । विशेष गरी स्वास्थ्यकर्मी टोलीले शंकास्पद व्यक्तिको र्याल र रगतको नमुना परीक्षण गर्ने व्यवस्था मिलाउने उहाँको भनाई थियो ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नोवल कोरोना भाइरस नियन्त्रणमा वा संक्रमणबाट बच्न चेतनामुलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक स्थलमा जताभावी मानिसको अनावश्यक भीडभाड नगर्न तथा खुला सीमालाई व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । सवैभन्दा पहिला अनावश्यक हुने भीड नियन्त्रण गर्न जोड दिदैं चेतनामुलक पर्चा पम्प्लेट वितरण तथा विभिन्न सञ्चारमाध्यमबाट यसका लक्ष्ण बच्ने उपायका बारेमा प्रचार प्रसारलाई तीव्र पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले नोवल कोरोना भाइरसले संक्रमित व्यक्ति नेपालमा देखिनुधेरै संवेदनशील भएकाले पुर्वीनाकाबाट रोग भित्रिन नदिन हेल्थ डेक्समार्फत विशेष सजगता अपनाएको बताउनुभयो ।

मेची भन्सार कार्यालयको सभाकक्षमा सम्पन्न अन्तरक्रियामा राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्निसियन त्रिभुवनप्रसाद साह, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेल, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्, मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राई, काँकरभिट्टा स्वास्थ्य केन्द्र प्रमुख तालबहादुर खड्का, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्का सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइरालासहित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि स्वासथ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

पुर्वीनाकाबाट नोवल कोरोना भाइरस रोग भित्रिन नदिन १२ घण्टे हेल्थ डेक्समार्फत विशेष सजगता अपनाइएको छ ।मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालय झापाको समन्वय तथा सहजीकरणमा काँकरभिट्टामा १४ माघमा नोवल कोरोना भाइरस परामर्श सहायता कक्ष स्थापना गरिएको मेचीनगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

चीन शासित हङकङले वुहानबाट देखिएको नोवल कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here