बिर्तामोड । 
झापा अर्जुनधारा–३ जुकेखाडीकी ११ बर्षीया नेहा धमला विकले आफ्नो जीवन वचाइदिन सवैसंग आग्रह गरेकी छिन् ।
मृगौला खराव भएर जीवन मरणको दोसाँधमा रहेकी उनले आफ्नो जीवन वचाइदिन सवैसंग आग्रह गरेकी हुन् ।
अर्जुनधारा–३ जुकेखाडीको भानु प्राथमिक बिद्यालयमा कक्षा–४ मा अध्ययनरत् उनी मृगौला खराव भएर दम वढ्ने ,वान्ता हुने लगायतका समस्याले एकमहिनादेखि विद्यालय जान नसकेको नेहाकी आमा तारा धमला विकले वताइन् ।
५ बर्ष अघिदेखि मृगौला खराव भएर गाउँलेको सहयोगमा छोरीको उपचार गराउँदै आएको बताउँदै ताराले शनिश्चरेमा रहेको शंकर अस्पतालले नेहाको उपचारका लागि २ देखि ३ लाख रुपैयाँ लाग्ने बताएकोले छोरीको उपचारमा सहयोग गरिदिन अपिल गरेको वताइन् ।
५ बर्ष अघिदेखि श्रीमान्को मृत्युभएपछि जनमन गरेर छोराछोरी पाल्दै आएको र छोरीको यो अवस्थाले जनमन गर्न नपाएर छोराछोरीको विचल्ली भएको ताराले वताइन् ।
बिर्तामोडस्थित गंगामाया तथा नरवहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थामा आयोजित कार्यक्रममा उनले मृगौला खराव भएर जीवन मरणको दोसाँधमा रहेकी छोरीको जीवन बचाइदिन सवैलाई आग्रह गरिन् । उनले सवैले सहयोग गरे आफ्नी छोरी वाँच्ने भएकाले छोरीको जीवन बचाइदिन संस्थालाई गुहारेको बताइन् ।
गंगामाया तथा नरवहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेतलले नेहा बचाउ अभियान सञ्चालन गरेर आर्थिक संकलन गरिने बताए । उनले संस्थाले अर्जुनधारा र बिर्तामोड नगरपालिकामा नेहा बचाउ अभियान सञ्चालन गरेर नेहाको जीवन वचाउने प्रतिवद्धता जनाए । वस्नेतले नेहाको जीवन बचाइदिन सवैलाई आग्रह गरे ।































