बिर्तामोड ।

बिर्तामोडमा मंगलबार सम्पन्न झापा गोल्डकपको साधारणसभाबाट युवा व्यवसायी विनोद बस्नेत झापा गोल्डकप आयोजक समितिको अध्यक्षमा चयन भएका छन् ।
सर्व सम्मत रुपमा बस्नेत अध्यक्षमा चुनिएका हुन् । बस्नेत यसअघि उपाध्यक्ष पदमा थिए । त्यसैगरी, झापा गोल्डकपका बरिष्ठ उपाध्यक्षमा बलराम कार्की चुनिएका छन् । उनी यसअघि बरिष्ठ उपाध्यक्षमा नै थिए । उपाध्यक्षमा सुबास भट्टराई चुनिए भने सचिवमा गजेन्द्र पौडेल चुनिएका छन् ।
त्यस्तैगरी, सहचिवमा चेतामणि खनाल चुनिँदा कोषाध्यक्षमा केदार गिरी रहेका छन् । उनी झापा गोल्डकप स्थापनादेखि नै कोषाध्यक्षमा रहँदै आएका छन् ।
साधारणसभाले झापा गोलडकपको सदस्यमा केशवराज दाहाल, सजेश सिवाकोटी, किरण थापा, यादव पोख्रेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल रहेका छन् ।
यसअघि साधारणसभाको उद्घाटन कार्यक्रम गोल्डकपका अध्यक्ष महेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


























