सरकारी कार्यालय थोत्रा गाडी थन्कयाउने क्षेत्र

0
761

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

विभिन्न कसुरमा पक्राउ तथा दुर्घटनामा परेका सवारीसाधनको मुद्धा समयमै किनारा लाग्न नसक्दा यतिखेर झापाको मेचीनगरका विभिन्न सरकारी कार्यालयमा पुराना गाडी थन्किने गरेका छन् ।

विशेषगरि मेची भन्सार कार्यालय इलाका प्रहरी कार्यालयलगायतका परिसरथोत्रा गाडी थुपारेर राख्ने ठाउँ भएको छ । चोरी पैठारीका बेला पक्राउ गरिएका र विभिन्न कारवाहीका क्रममा जफत गरिएका ती सवारी साधनको मुद्धा समयमै किनारा लाग्न नसक्दा करोडौंका सवारी साधन कवाडी बन्ने अवस्थामा पुगेका मात्र छैनन् सरकारको लाखौं रुपैयाँ राजस्व समेत गुम्दैं गएको छ ।

दुर्घटनामा परेका सवारीसाधनका धनीले समयमै जिम्मा नबुझदा् ईलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा झण्डै लाखौ मुल्य बराबरका सवारी साधन कवाडीमा परिणत हुने अवस्थामा पुगेकाछन् । सबै भन्दा बढी दुईपाङग्रे मोटरसाइकल र साइकल रहेका छन् ।

धेरै त्यस्ता दुर्घटनाको मुद्धा किनारा लागेपनि सवारीधनीले नलैजादा यो समस्या आएको एक प्रहरी अधिकृतले बताए । साधन सहित क्षतिपूर्ति पाएपछि त्यस्ता साधन छाडेर जाने गरेको उनको भनाई छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा दुईवटा ट्रक, तीनवटा कारजीप भेन तथा दर्जनबढी मोटरसाईकल रहेका छन् ।

कार्यालय परिसरमा रहेका धेरे सवारी साधन त काम लाग्ने अवस्थामै छैनन् । क्षतिग्रस्त सवारी साधको क्षतिपूर्त पीडित पक्षले पाए पछि पुराना छाडेर जाने त्यसलाई प्रहरीले लिलामी गर्न पनि नपाउने भएकाले पनि यस्ता साधनको संख्या दैनिकरुपमा बढ्दो रहेको कार्यालयले जनाएको छ । कवाडीमा परिणत हुन लागेका सवारी साधनहरु मध्ये सबैभन्दा बढी मोटरसाइकल नै रहेकाछन् । कतिको त आवश्यवक कागजात नभएकै र धेरै दुर्घटनामा मरेकाले पनि ती साधन बेवारिसे बनेका हुन । ती सवारी साधनको प्रक्रिया पुर्याएर कारवाही गर्ने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

यता मेची भन्सार परिसर पनि यस्तै थोत्रा गाडी थन्क्याउने ठाउँ भएको छ । विभिन्न कसुरमा पक्राउ गरिएका सवारी साधन समयमै लिलाम हुन नसक्दा मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा करोडौ मुल्यका सवारी साधन कवाडीमा परिणत हुने अवस्थामा पुगेकाछन् ।

बिभिन्न समयमा भन्सार, प्रहरी, सशस्त्र प्रहरीले आवश्यक कागजात नभएका कारण, चोरी गरी ल्याएका बखत तथा आपराधिक गतिविधीमा प्रयोग गरेका सवारी साधन जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएका थिए । भन्सार कार्यालयले कानुनी प्रकृया पुरा गरी पटक पटक लिलामीको सूचना प्रकाशन गरे पनि साधन सरोकारवालाहरुले नसकारेका कारण कवाडीमा परिणत हुने अवस्थामा पुगेका हुन । समयमै ती सवारी साधन लिलामी हुन नसक्दा भन्सारले लाखौ रुपैयाँ राजस्व घाटा व्योहोर्नु परेको भन्सार निकट एक अधिकृतले बताए ।

धेरै सवारी साधन कामनै नलाग्ने अवस्थामा रहेको भन्सार श्रोतले बतायो । लिलामी सूचना प्रकाशित गरे पनि मूल्य बढि भएकै कारण सरोकारवालाहरुले नसकारेको हुन सक्ने अशंका भन्सारको छ । कति गाडीका त पार्टपूर्जा नै छैनन् स्थानीय एक व्यपारीले भने गाडीको अवस्था हेरेर मूल्य कायम गर्नु पर्दथ्यो गाडीको मूल्य बढि भएकै कारण लिलामी हुन नसकेका हुन । यता भन्सारले भने पक्राउ पर्दाको जुन अवस्थामा ती गाडीहरु थिए भन्सारले त्यहि अवस्थामा लिलामी प्रकृया अगाडी बढाएको जनाएको छ ।

भंसार परिसरमा पिकअप, सुमो, मारुती भेन जीप गरी मोटरसाईकल थन्किएका छन् । स्थानीय एक व्यवसायीका अनुसार ती सवारी साधन विभिन्न मुद्धामा नियन्त्रणमा लिएका हुन । तर लामो समयदेखि परिसरमै बेवारिसे अवस्थामा थन्किदा घामपानीका कारण काम नै नलाग्ने अवस्थामा पुगे । कार्यालयले समयमै लिलामी गर्न नसक्दा यो अवस्था आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here