“मामा” एशियाली शिक्षक प्रशिक्षक सम्मेलनमा छनौट

0
897

बिर्तामोड।

बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यामिक बिद्यालयका शिक्षक धर्मेन्द्र भट्टराई मामा श्रीलंकामा हुने एशियाली शिक्षक प्रशिक्षकहरुको सम्मेलनमा सहभागिताका लागि छनौट भएका छन् ।

आगामी फागुन २२ गतेदेखि श्रीलंकाको थुलरियामा हुने एशियाली शिक्षक प्रशिक्षकहरुको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भट्टराईले सहभागिता जनाउने भएका हुन् ।

उक्त सम्मेलनका लागि भट्टराई ग्लोबल प्रतिस्पर्धाबाट छनौट भएका हुन् । बृटिश काउन्सिलद्वारा आयोजना हुने सम्मेलनमा भट्टराईले ९० मिनेटको कार्यशालामा कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम रहेकोे बताइएको छ ।

अंग्रेजी विषयका शिक्षकहरुको संस्था नेल्टा झापाका अध्यक्ष समेत रहेका भट्टराई बृटिश काउन्सिल नेपालका राष्ट्रिय प्रशिक्षक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here