बिर्तामोड ।

वीरता लेडी जेसीजको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा क्यान्सर रोगको पहिचान तथा जनचेतनामुलक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुद्धशान्ति–४ को स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा दुई सय भन्दा वढी महिलाहरुको क्यान्सर परिक्षण गरिएको थियो ।
पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका क्यान्सर रोग विशेषज्ञ डा. सुवास ठाकुर र गाइनोलोजिस्ट डा. मोनिका सुव्वाले महिलाहरुको क्यान्सर परिक्षण गरेका थिए । शिविरमा चेकअप गराउन आएका महिलाहरु मध्ये ३० देखि ३५ प्रतिशत सम्म पाठेघरको क्यान्सरबाट संक्रमित देखिएको तथा १० देखि १५ प्रतिशत सम्मका महिलाहरुलाई सर्भिकल क्यान्सरका लक्षण देखिएको बताइएको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बुद्धशान्ति वडा नं. ५ का कार्यवाहक अध्यक्ष डिल्लीरमण खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक रोजिना पाण्डेले स्वागत र कार्यक्रम संयोजक तिलरुपा श्रेष्ठले जेसीज आस्था वाचन गरेका थिए ।
वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुव्वाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव संगिता गिरीले गरेकी थिइन् ।































