लागुऔषध सहित ६ जना पक्राउ

0
618

झापा ।

झापाको अर्जुनधारा–११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द–३ का २५ बर्षीय बिबेक तामाङ ,२१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ त्यस्तै अर्जुनधारा–६ का १८ बर्षीय रोशन गुरुङ र ईलामका २० बर्षीय सन्तोष तामाङ रहेका छन ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here