ओलीले नेपाली चिकित्सकको मनोबल बढाए – अभियान

1
520

बिर्तामोड।

प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली चिकित्सकलाई विश्वास गर्दै नेपालमै मृगौला प्रत्यारोपण गरेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियन्नताले खुशी व्यक्त गरेका छन् ।

झापाको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै नेपालका लागि नेपाली अभियाननका झापा संयोजक महेन्द्र प्रसाईले प्रधानमन्त्रीले नेपालमै मृगौलाको प्रत्यारोपण गरेर नेपाली चिकित्सकको मनोवल उच्च बनाएको बताए । उनले सामान्य रोग लाग्दा समेत उपचारका लागि नेताहरु विदेश जाने परिपाटीको अन्य गर्दै ओलीले नेपालमै आफ्नो मृगौलाको प्रत्यारोपण गराएर नेपाली चिकित्सकको विश्वास गरेकोमा धन्यवाद समेत दिए ।

उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । नेपालका लागि नेपाली अभियानले गलत विषयको मात्र विरोध गर्ने गरेको भन्दै प्रसाईले राम्रो कामको जहिल्यौ समर्थन गर्ने गरेको बताएका छन् ।

अभियानकै अर्का अभियन्ता योगेन्द्र खनालले राष्ट्रघाट भ्रष्टाचार र बलात्कार विरुद्ध आफूहरुको अभियान सशक्त रुपमा अगाडि बढेको बताए । उनले करको दायरा बढाएर देशमा लुटतन्त्र मच्चिएको भन्दै भ्रष्टाचार विरुद्ध सबै एक हुनु पर्ने धारणा राखे । उनले नेपालको संविधान भन्दा माथि केही हुन नसक्ने भन्दै नेपालका लागि एमसीसी घातकक हुने बताए । एम सीसी विरुद्ध जनता सडकमा उत्रनुको विकल्प नरहेको भन्दै राजनीतिक दलहरुले राष्टघाटी काम गरेको आरोप लगाए ।

स्थानीय तहको भष्ट्राचार रोक्न जनता एक जुट हुनुपर्ने अधिवक्ता लक्ष्मीप्रसाद अधिकारीको भनाई छ । उनले स्थान्ीय तहका जनप्रतिनिधिहरुलाई तलव दिन नहुने धारणा राखेका छन् । नेपालका लागि नेपाली अभियानले झापामा सदस्यता वितरण शुरु गरेको बताएको छ । पत्रकार सम्मेलन रिपोर्टस क्लव झापामा भएको थियो ।

1 COMMENT

  1. मनोबल बढाएका हुन कि कोरोना भाइरस को डर ले नेपाल मै प्रत्यारोपण गर्या हो कुन्नी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here