बाटो बनाउन विरोध !

0
941

झापा।

एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई खण्डित गर्दै प्रदेश सरकारबाट बाटो खन्ने कुरालाई वन अभियन्ताहरुले बिरोध गरेका छन् ।

नेपालमा जलथल जङ्गल जस्तो वन तराईमा नभएको र हिमाल, पहाड, चुरेमा समेत पाइने वन्यजन्तु, वनस्पति, जडिबुटी, चराचुरुङ्गी यस वनमा पाइने हँुदा संरक्षण गर्नुपर्ने वनलाई खण्डित गर्ने कुरा रोक्नु पर्ने सामुदायिक वनका अभियन्ताहरुको भनाइ छ ।

६३ सय हेक्टरमा फैलिएको यस वनलाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णु घिमिरेले बताए । प्रमुख घिमिरेका अनुसार जैविक बिबिधता रहेको वनलाई सुरक्षित गर्नुपर्नेमा बिकासको नाममा खण्डित गरी बिनास गर्नु हुँदैन ।

झापा ३ (क) का प्रदेश सदस्य वसन्त बानियाँ र (ख) का प्रदेश सदस्य पूर्णसिंह राजवंसीले जङ्गलको बीचबाट बाटो खन्न बजेट निकासा गरी जङ्गल बिनास गर्न लागेको भन्दै चौतर्फी बिरोध शुरु भएको बताए । सामुदायिक वनका अभियन्ताहरु भन्छन्– ‘वनको बीचबाट बाटो खन्नु भनेको जैविक बिबिधतालाई सखाप गर्नुमात्र नभई आफ्नै सन्तानको हत्या गर्नु सरह हो ।’

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, पूर्व अध्यक्ष छत्र पौडेल, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, कचनकवलका अध्यक्ष अन्जार आलम, वडाध्यक्ष होमप्रसाद चुडाल लगायत २२ वटै सामुदायिक बनहरुले बिरोध जनाएका छन् ।

एसियाकै जैविक बिबिधता भएको जङ्गल भन्दै विगत आठ महिनादेखि अन्तर्राष्ट्रिय चासोको साथ फरेस्ट एक्सन नेपाल, काठमाडौं फरेस्ट कलेज, डिभिजन वन कार्यलय तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाको सहकार्यमा जैविक बिबिधताको विशेषज्ञहरुबाट अनुसन्धान भइरहेको छ ।

जैविक बिबिधता अनुसन्धान शुरु भएपछि जलथल जङ्गललाई हेर्न विभिन्न मुलुक तथा नेपालका विशेषज्ञहरु समेत आउने गरेका छन् । यस जङ्गललाई बचाउन लागीपर्ने पाथीभरा कालिका सामुदायिक वनका अध्यक्ष चिरञ्जीवी पौडेल बताउँछन् ।

प्रदेश सरकारको ५७ करोडको लगानीमा बन्ने भनिएको बाटो पाथीभरा कालिका सामुदायिक वन कै ९० प्रतिशत भू–भाग हुँदै जाने तथा एक हजारभन्दा बढी लोप हुन लागेका तथा अन्य वनस्पति, पुतली, बन्यजन्तु,चराचुरुङ्गीलाई प्रत्यक्ष असर पुग्ने सरोकारवाला र वन अभियन्ताहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here