जन्मदिनमा आगलागी पीडितलाई नगद सहयोग

0
541

दमक।

नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् युवा सामाजिक व्यक्तित्व कमल– ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिन आगलागी पीडितहरुलाई नगद सहयोग गरेर मनाएका छन् ।

यसअघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक रुपमा मनाउन रुची नराख्ने राईले यसपटक भने आफ्नै गाउँ लखनपुरको मंगलबारे बजारमा बुधबार साँझ भएको आगलागीका पीडित परिवारलाई नगद राहत प्रदान गरेर मनाएका हुन् । उनले बिहीबार स्थानीयबासी र सञ्चारकर्मीहरुको उपस्थितिमा आगलागी पीडित चार परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले नगद राहत हस्तान्तरण गरेका हुन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्ष पदमा बराबरी मत पाएर चिठ्ठाबाट बाहिरिएका युवा नेता राईले केक काट्ने नेपाली संस्कारभित्र नपर्ने भन्दै विशेष दिनमा पीडित परिवारलाई सहयोग गर्नु उचित हुने ठानेर यसो गरेको बताए । उनले पीडित परिवारलाई सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन् ।

राहत रकम हस्तान्तरण गर्दै उनले पीडित परिवारको तत्काल पुनस्र्थापनाका लागि सरकारले जिम्मा लिनुपर्ने बताए । राहत वितरणमा सहभागी स्थानीय युवाहरुले यस किसिमको सहयोगले पीडित परिवारको पीडामा मल्हमपट्टी हुने भन्दै राईले चालेको कदमको प्रशंसा गरे ।

स्थानीय अगुवा युवा दिवाकर राईका अनुसार सो ठाउँमा भएको आगलागीका कारण स्थानीय कृष्णमाया लिम्बू, रुक्मनी ताजपुरिया, पार्वता राजवंशी र चुड्की मर्डीको परिवारले लाखौं मूल्य बराबरको क्षति व्यहोर्नु परेको छ । लिम्बूको घरमा ताजपुरिया, राजवंशी र मर्डी परिवारले व्यवसाय सञ्चालन गर्दै आएका थिए । आगलागीपछि ती परिवारको हातमुख जोर्नै समस्या रहेको स्थानीयहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here