दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर प्रतियोगिता शुरु

0
1020

लक्ष्मी उप्रेती /काँकरभिट्टा ।

झापाको मेचीनगरमा शुक्रबारबाट दोस्रो मेचीनगर स्तरीय वि डिभिजन स्नोकर प्रतियोगिता शुरु भएको छ । स्नोकर खेलाडीको क्षमता अभिवृद्धि तथा स्नोकर खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले व्लाय्क एट पोल एण्ड स्नोकर मेचीनगरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले गर्नुभएको थियो ।

प्रतियोगितामा नगरभरिका ३० जना खेलाडीले सहभागिता जनामएका छन् । फागुन २६ गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद ११ हजार तथा उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

यसैगरी हाइस्कोर गर्नेले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको मार्करमा पुर्व स्नोकर खेलाडी पासाङ शेर्पा कर्ण थापा मगर रहनु भएको छ ।

आयोजक संस्थाका अध्यक्ष निमा वाङगेल तामाङको सभापतित्वमा भएको उद्घाटन सत्रमा बोल्ने अधिकाँश वक्ताहरुले स्थानीय स्तरमा स्नोकर प्रतियोगिता आयोजना गरेर खेलाडीहरुमा थप उर्जा मिलेको बताए । स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलको विकास हुनुको साथै खेलाडीहरुलाई समेत खेलप्रति आर्कषण बढ्ने बताएका थिए ।

खेलकै माध्यमबाट नेपालको नाम विश्वका जुनसुकै मुलुकमा समेत चिनाउन सकिने भएकाले सरकारले खेलकुदकाक्षेत्रमा काम गर्न निक्कै रहेको बताए । सरकारले हरेक खेलाडीलाई खेलप्रति आर्कषित गर्न र खेलको विकास र प्रवद्र्धन गर्न लगानी गर्न अघि बढ्न समेत सहभागी वक्ताहरुले सुझाव दिएका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत, झापा जिल्ला फुटबल संघका पुर्व अध्यक्ष बालाजित राई, बालकृष्ण थापा, नाइट चेस क्लब काँकरभिट्टाका महासचिव अशोक राई, नेपाल सुन चाँदी व्यवसायी संघ मेचीनगरका अध्यक्ष राजेश गहतराज, अमित श्रेष्ठ, आशिष गजमेरलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन आयोजकका कुलदिप राईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here