चप्रामारीमा ज्येष्ठ नागरिक चौतारी निर्माण हुँदै

0
469

झापा।

झापा गाउँपालिका–६ सानो चप्रामारीमा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण हुने भएको छ । दाताहरुबाट प्राप्त पाँच कठ्ठा जग्गामा निर्माण हुन लागेको पक्की भवन १८ सय वर्ग फिटको क्षेत्रफलको हुने बताइएको छ ।

प्रदेश सांसद हिरा थापाले १० लाख प्रदान गरेपछि झापा गाउँपालिकाको एक लाख रुपैयाँ र स्थान्ीयको समेत सहभागीतामा भवन निर्माण हुन लागेको हो । भवन १५ लाख २९ हजार ९ सय ३७ रुपैयाँ ८८ पैसाको लागतमा निर्माण हुन लागेको भवन निर्माण समितिका अध्यक्ष टीका ओझाले बताए । भवनको शिलान्यास प्रदेश सांसद थापाले गरेका छन् ।

कार्यक्रममा झापा गाउँपालिका–६ र कनकाई नगरपालिका–५ का स्थानीयको उपस्थिति रहेको थियो । भवन निर्माणका लागि समाजसेवी जग्गादाता टिकाराम ओझाबाट चार कठ्ठा र स्व. दिनानाथ पोख्रेलका नाममा एक कठ्ठा जग्गा उपलब्ध भएको उपभोक्ता समितिका अध्यक्ष ओझाले बताएका छन् ।

भवन दुईतले हुने र दुई वर्षभित्रमा अन्य रकम दाताहरुबाट जुटाएर भवन निर्माण सम्पन्न गरिने बताइएको छ । भवन निर्माण स्थलमा धार्मिकजागरण र अन्य सामाजिक गतिविधि गर्ने नयाँ योजनाहरु बिस्तारै तयार गरिने बताइएको छ । यो भवनलाई अतिथि सदनको पनि कल्पना गरिएको छ ।

दाता टीकाराम ओझाले आवश्यक परेमा सोही ठाउँमा अरु जग्गा पनि उपलब्ध गराउँदै जाने बचन समेत दिएका छन् । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय लेखा समिति सदस्य टंक पनेरु, झापा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिबहादुर बानियाँ र कनकाई– ५ का वडाध्यक्ष कृष्णबहादुर राई र विभिन्न पार्टी र सामाजिक संघ–संस्थाहरुका प्रतिनिधिहरु र जग्गादाताहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, झापा गाउँपालिका उपप्रमुख कुन्तीदेवी बुढाथोकीले मन्तव्य राखेका थिए । टिकाराम ओझाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडासदस्य मोहन पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here