नारी सञ्चार गृहलाई सहयोग

0
780

झापा।

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि झापा विर्तामोडकी कविता कार्की कडरियाले सहयोग रकम हस्तान्तरण गरेकी छिन् ।

विर्तामोड–५ निवासी कडरियाले कोषका लागि नगद दश हजार एक सय पाँच रुपैयाँ मेची आँखा अस्पतालमा नारी सञ्चार गृहका उपाध्यक्ष तथा अक्षय कोषबृद्धि तथा परिचालन समितिका संयोजक भीमा शिवाकोटीसहित संस्थाका पदाधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै आँखा अस्पतालको आउटरिच अफिसर रहेकी कडरियाले फराकिलो सोच राखेर महिला सञ्चारकर्मीले स्थापना गरेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
सो अवसरमा आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले सञ्चार गृहले दीर्घकालीन सोच राखेर कोष स्थापना गरेकोमा धन्यवाद दिँदै आफ्नो साथ सहयोग रहने बताए ।

संस्थाको लक्ष्य प्राप्तिका लागि कडरियाले गरेको सहयोगप्रति सञ्चार गृहकी उपाध्यक्ष शिवाकोटीले धन्यवादसहित संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको कोषमा १० लाखभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिइन् ।

सो अवसरमा नारी सञ्चार गृहकी सचिव रेजिना गौतम, सहसचिव स्वस्तिका आचार्य, कोषाध्यक्ष सुशीला संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here