गणेश अर्याल/इलाम,
नोबेल कोरोना भाइसर रोग सम्बन्धी जनचेतना कार्यक्रम इलामको रोङ गाउपालिकामा सम्पन्न भएको छ । गाउपालिकाको सम्योजनमा जिल्ला जनस्वास्थ्य कार्यालय इलामको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । सन २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनमा देखा परेको यो रोग कसरी सर्छ ? यस बाट बच्नको लागि के के सावधानी अपनाउनु पर्छ ? लगायतको बिषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको रोङ गाउपालिका स्वास्थ्य साखाका प्रमुख नेत्रप्रसाद पोख्रेलले बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले कोरोना भाइरसको बारेमा जानकारी गराउदै रोगको कारण भन्दा पनि यतिबेला सामाजिक सञ्जालको कारण मानसिक तनाब हुने गरेको बताए । उनले सामाजिक सन्जालमा कोरोनाको नाम जोडेर बिभिन्न प्रकारको तस्बिर र अफवाहहरुले मानसिक तनाब दिने गरेको बताए ।
नेपालमा हाल सम्म एक जनामा कोरना देखा परेको पाइएको जानकारी गराउदै बिदेशबाट आएको त्यो बिरामी पनि निको भइ डिस्चार्ज भइसकेको बताए । पशु पक्षिबाट मानिसमा सर्ने यो रोग लागेको अरु मानिस नेपालमा हाल सम्म देखा नपरेपनि सम्भाबित क्षेत्रमा उच्च सतर्कता अपनाइएको पनि उनले जानकारी गराए । एकसय दशमलब ४ डिग्री फरेनहाइड भन्दा बढी ज्वरो आउन,े रुघाखोकी लाग्ने, श्वास फेर्न गा¥हो हुने, टाउको दुख्ने जस्तो समस्या भएमा कोरोनाको लक्षण हुन सक्ने जनस्वास्थ्य प्रमुख दासले जानकारी गराए ।
सो अवसरमा रोङ गाउपालिका अध्यक्ष सम्सेर राईले कोरोना रोग बारे जानकारी गराउन स्वास्थ्यकर्मीहरुले मात्रै नसक्ने भएकाले बिद्यालयका शिक्षकहरु, सञ्चारकर्मीहरु लगायतले सहयोग गर्नुपर्ने बताए । नेपालमा हाल सम्म यसको संक्रमण देखा नपरेकोले हामी समयमा नै सचेत हुनु पर्ने बताउदै गाउपालिका अध्यक्ष राईले शिक्षकहरुको सहयोगमा बिद्यार्थी मार्फत घरघरमा सचेतना पु¥याउन सकिने भएकाले कार्यक्रममा शिक्षकहरुलाइ सहभागिता गराइएका बताए ।
गाउपालिका अध्यक्ष राइले स्वास्थ्य र सञ्चारको क्षेत्रबाट पनि सही सूचना बस्ती बस्ती सम्म पु¥याउन सहयोग पुग्ने बिश्वास पनि ब्यक्त गरे । कक्षा ८ भन्दा माथिल्लो कक्षा अध्ययन हुने बिद्यालयका शिक्षक प्रतिनिधि स्वास्थ्य र सञ्चारकर्मी ३१ जनाको सहभागिता रहेको सो कार्यक्रम रोङ स्वास्थ्य साखाका प्रमुख नेत्रप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्नमा सम्पन्न भएको थियो ।






























