अर्जुनधारा ।

धनकुटा जिल्ला फुटबल संघ झापाको अर्जुनधारामा जारी प्रदेश नम्बर १स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा–९स्थित नमुना खेलमैदानमा शनिबार सम्पन्न भएको खेलमा पारिजात महिला फुटबल क्लब झापालाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै धनकुटा सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित ७० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा धनकुटाका लागि असारा दाहाल, अन्जना थुलुङ, सुसिला चौधरी र सुस्मिता राई गोल गर्न सफल भएका थिए ।

त्यसैगरी पारिजातका लागि सुस्मिता लेप्चा, निलु तिर्की र रिमा तामाङले मात्र गोल गर्न सफल भएका थिए । खेलको वुमन अफ दी म्याच घोषित पारिजातकी रिमा तामाङलाई प्रदेश १का सांसद् अर्जुन राईले नगद ३ हजारसहित ट्रफी प्रदान गरेका थिए ।
आइतबार लेटाङ फुटबल क्लब मोरङ र म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमबीच हुने आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीले जानकारी दिए ।

























