विद्यार्थीहरुलाई कोभिड–१९ सम्बन्धी सचेतनासँगै मास्क वितरण

0
982

अर्जुनधारा ।

बा¥हघरे सितोरियो कराते डोजोले झापाको अर्जुनधारा–९ स्थित सृजना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अइतबार सम्पन्न एक कार्यक्रमकोबीच कोभिड –१९ सम्बन्धि जानकारीसँगै मास्क वितरण गरेको छ ।

डोजोका अध्यक्ष नारदमणी नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसियन कराते रेफ्री कुमार उप्रेतीले छात्र कुनल चौधरी र छात्रा आयुषा कार्कीलाई मास्क हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कक्षा–८, ९ र १०का विद्यार्थीहरुको सहभागितामा शिक्षक विष्णु पोखरेलले कोभिड–१९ बारे जानकारी गराएको कार्यक्रममा ५० जनालाई मास्क वितरण गरिएको डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारले जानकारी दिए ।

प्रमुख अतिथि उप्रेती, नरबहादुर खड्कालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षक दिपेश पनेरुले गरेका थिए । सोही कार्यक्रममा विद्यालयका कक्षा नर्सरी र एलकेजीका विद्यार्थीहरुलाई डोजोकोतर्फबाट फलफूल वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here