लोकसेवाको तयारी कक्षा सम्पन्न

0
602

दुहागढी ।

लोकसेवा तयारी सम्वन्धी १५ दिने निःशुल्क प्रशिक्षण झापाको दुहागढीमा सोमवार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिसदको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।

स्थानिय वाल सुवोधिनि आधारभुत विद्यालयमा सम्पन्न प्रशिक्षणमा लोक सेवा तयारी गरिरहेका २७ जना को सहभागीता रहेको थियो । प्रशिक्षणमा राजकुमार राई, राजन सुवेदी लगायत आधा दर्जन प्रशिक्षकहरुले सहजीकरण गरेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिसदका अध्यक्ष मुनिलाल राजवंशीको सभापतित्व तथा मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन समारोहमा सहभागीहरुलाई पाठ्य सामाग्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी जिवन प्रसाईं, महासंघका जिल्ला सचिव विरेन मेचे, वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापा, कार्यपालिका सदस्य विन्दा प्रसाईं लयागतले मन्तव्य राखेका थिए ।

आयोजक संस्थाकी कोषाध्यक्ष मनिषा राजवंशीले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत समितिका सल्लाहकार बाबुलाल सुब्बाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here