कटुवा पेस्तोल सहित पक्राउ

0
882

झापा,

कटुवा पेस्तोल सहित झापाको दमकमा आज एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका ९ मधुबल्ला बस्ने अन्दाजी ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


इलाका प्रहरी कार्यालय दमकको टोलीले विशेष सूचनाको आधारमा उनलाई दमक नगरपालिका ३ स्थित मधुवल्ला पुल नजिकैबाट सोमबार दिउँसो पक्राउ गरेको बताइएको छ।

प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल, एक थान बुलेट गोली, दुई वटा खोका बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here