झापामा गोरुको मासुसहित दुईजना पक्राउ

0
442

झापा,

घरमै गोरु काटेर मासु बिक्री गर्ने दुईजना पक्राउ परेका छन्।

मेचीनगर नगरपालिका–५ तामाङ टोलका वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुमो मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका गस्ती टोली तामाङ टोलमा पुग्दा आङदेम्बेको घरभित्र गोरु काटेर मासु बिक्रीका लागि राखेको अवस्थामा २८ किलो मासुसहित उनीहरूलाई पक्राउ गरिएको हो।

शङ्का लागि सोधपुछ गर्दा आङदेम्बेर राईले जिउँदो गोरु काटेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। गोरु काट्ने प्रयोग गरिएको फलामको दाउ तथा काठको अचानासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here