बिर्तामोडमा गुहेश्वरी मर्चेण्ट बैंकको १८ औं शाखा

0
843

बिर्तामोड ।

झापाको बिर्तामोडमा बुधवारदेखि गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड सञ्चालनमा आएको छ । ललितपुरमा मुख्य कार्यालय रहेको बैंकले १८ औ शाखाको रुपमा बिर्तामोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघ अध्यक्ष कुमार भट्टराईले गरेका थिए । उनले पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोडमा गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै बैंकले नाफामुखी भन्दा सेवामुखी कार्य गर्नुपर्ने बताए ।

बैंकका बिर्तामोड शाखा प्रवन्धक जीवन राईले ग्राहकहरुलाई बिर्तामोड शाखाबाट नौ प्रकारका वचत खाता, १५ प्रकारका कर्जा, मुद्धती, १५ प्रकारका रेमिट्यान्स सेवा, वित्तिय जमानी, मर्चेण्ट बैकिङ्ग सेवा, इन्टरनेट, एसएमएस , मोवाइल बैकिङ्ग सेवा, निःशुल्क एटीएम, डेविट कार्ड ,निक्षेप विमा, लकर सुविधा लगायतका सेवा प्रदान गरिएको बताए । उनले यस अघि चारआली र दमकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले बैंकको अधिकृतपुँजी एकअर्व, जारीपुँजी ८० करोड, चुक्तापँजी ८० करोड ,सस्थापक शेयरपुँजी ४० करोड ७९ लाख ६६ हजार २ सय ४५ रुपैयाँ र सर्वसाधारण शेयरपुँजी ३९ करोड २० लाख ३३ हजार ७ सय ५५ रुपैयाँ रहेको जानकारी दिए ।

ललितपुरमा मुख्य कार्यालय रहेको बैंकको काठमाडौं, वीरगञ्ज, जनकपूर , हेटौडा, नारायणघाट,भैरहवा, वुटवल लगायतका स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । कार्यक्रमको सञ्चालन बैंकका क्षेत्रिय प्रवन्धक विशाल साकोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here