बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–९ मा एकल महिला कानूनी हक सम्बन्धी दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एकल महिला जागरण समूहको आयोजना तथा बिर्तामोड–९ वडा कार्यालयको सहयोगमा प्रशिक्षण कार्यक्रम भएको हो । कानूनी हकको पालनामा एकल महिलाहरुलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
एकल महिला जागरण समूह झापाकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता तथा बिर्तामोड–९की वडाध्यक्ष पवित्रा पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला मानव अधिकार सञ्जाल झापाकी अध्यक्ष अधिवक्ता कविता शर्मा पाठकले सहजीकरण गरेकी थिइन् ।
उनले एकल महिलाका के कस्ता कानूनी हक रहेका छन् र तिनको पालनामा महिलाको भूमिकालगायतका विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन् । तालिममा ५० जना एकल महिलाको सहभागिता रहेको थियो ।
एकल महिला उपभोक्ता समूहकी उपाध्यक्ष कृष्णकुमारी राजवंशीले स्वागत गरेकोे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड–९ का सभापति तुलसीराम काफ्ले, पत्रकार रत्नबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एकल महिला उपभोक्ता समूहकी सचिव पदममाया बस्नेतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन लिला कुइँकेलले गरेकी थिइन् ।































