उपभोक्तालाई सिलिन्डर र जस्तापाता

0
577

चारआली ।

प्रगति सामुदायिक उपभोक्ता समिति मेचीनगर १२, १३ र अर्जुनधारा १०, ११को दोस्रो परिषद् भेला सम्पन्न भएको छ ।

कार्यक्रममा गरिवी निवारण कार्यक्रम अन्तर्गत अतिविपन्न उपभोक्तालाई २० थान ग्यास सिलिण्डर र चुलो, ९ घरपरिवारलाई १८ बण्डेल जस्तापाता बितरण गरिएको थियो ।

भेलाले आर्थिक वर्ष २०७६÷०७७ को अनुमानित बजेट समेत पारित गरेको छ । संस्थाका अध्यक्ष दीपेन्द्र निरौला(बिकास)कोे अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा मेनपा–१२ का वडाध्यक्ष नगेन धिमाल, लीला सुब्बा राजबंशी, दीपक लामा, बुद्धिलाल चौधरी, पदम सुनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गुरुभक्त काफ्लेले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here