वृद्धवृद्धालाई खाद्यान्न सामग्री सहयोग

0
935

विर्तामोड ।

झापा कनकाई नगरपालिका ४ कोटीहोमस्थित राधाकृष्ण मन्दिर र अन्य वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरु शनिवार औधि खुशी देखिए । उनीहरु खुशी देखिनुको कारण थियो नगद र दैनिक उपभोग्य खाद्यान्न सामग्री प्राप्त गर्नु । उनीहरुलाई त्यो अवसर जुराइदिएको थियो विर्तामोडमा रहेको चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले ।

विद्यालयमा रहेको सिइएस वालक्लवमा आवद्ध विद्यार्थी र कक्षा १० मा अध्ययनरत् विद्यार्थीले अभिभावक र विद्यालयको सहयोगमा दैनिक उपभोग्य खाद्यान्न सामग्री खरिद गरी वृद्धवृद्धाहरुलाई प्रदान गरेका हुन् ।

विद्यालयले एकदिन भगवानसंग भन्ने नारा तय गरी विद्यार्थीलाई कितावी ज्ञानसंगै व्यवहारिक ज्ञान दिने उद्धेश्यले यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष सुव्वाले बताए । उनले वृद्धवृद्धाहरु भनेका ज्यँदा तीर्थ हुन् उनीहरुलाई घृणा होइन माया गर्नुपर्छ भन्ने सन्देश दिन विद्यार्थीको सहभागितामा यस्तो कार्यक्रम गरिएको जानकारी दिए ।

सिइएस वालक्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षता तथा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका सचिव तथा कार्यक्रम संयोजक मानबहादुर तामाङ , थिएटर प्रशिक्षक दिनेशराज शर्मा ,शिक्षक रिता मिश्र , विद्यालयका म्यानेजर दिपेन सुव्वा ,विद्यालय व्यवस्थापन समिति सदस्य खेमराज चौहान र विद्यार्थीले वृद्धवृद्धाहरुलाई उक्त सामग्री प्रदान गरेका थिए । कार्यक्रममा राधाकृष्ण मन्दिर र अन्य वृद्धाश्रममा रहेका ३० जनाभन्दा वढी वृद्धवृद्धाहरुलाई उक्त सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा सिइएस वालक्लवमा आवद्ध विद्यार्थी र कक्षा १० मा अध्ययनरत् विद्यार्थीले वृद्धवृद्धाहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र नगद प्रदान गरी उनीहरुसंग आर्शिवाद समेत लिएका थिए । त्यस्तै विद्यार्थीले वृद्धवृद्धाहरुसंग भलाकुसारी गरी उनीहरुका विगतवारे जानकारी समेत लिएका थिए । वृद्धवृद्धाहरुले आफूहरु विभिन्न कारणले वृद्धाश्रममा वस्नुपरेको वताउँदै आफ्ना आमा वुवालाई माया र सम्मान गर्न विद्यार्थीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीले वृद्धाश्रममा लगेर वृद्धवृद्धाहरुसंग भलाकुसारी गरी उनीहरुका विगतवारे जान्न पाउने अवसर प्रदान गरेकोमा विद्यालयलाई धन्यवाद दिँदै आफ्ना आमा वुवालाई सदैव माया र सम्मान गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा राधाकृष्ण मन्दिरकी संस्थापक सदस्य गायत्रा खतिवडाले विद्यालय र विद्यार्थीले वृद्धवृद्धाहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र नगद प्रदान गरेकोमा धन्यवाद दिएकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक डिएन लुइँटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here