दुग्ध डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति

0
1038

इलाम ।

इलामको देउमाई नगरपालिकाको एक दुग्ध डेरी उद्योगमा आगलागी हुँदा ७० लाख बढीको क्षति भएको छ ।

देउमाई नगरपालिका –४ स्थित आशिष बुढाथोकीले सञ्चालन गरेको उद्योगमा शनिबार दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । ‘विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने आशंका गरिएको छ ।

आगलागीबाट उद्योग रहेको भवन र दुई वटा मेसिन पूर्ण रूपमा तथा दुई वटा मेसिन आंशिक क्षति भएको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए ।

आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here