३६ जना डेंगूका बिरामी फेला

0
676

झापा।

मौसम परिवर्तनसँगै नेपालमा डेंगूका बिरामी फेला परेका छन् । झापा सहित प्रदेश–१ मा ६ जनामा डेंगूका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना डेंगू बिरामी फेला परेका हुन् ।

पुसको दोस्रो सातादेखि शुक्रबारसम्ममा ३६ जनामा डेंगूका बिरामी फेला परेको महाशाखाले जनाएको छ । विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेंगूको सङ्क्रमण देखा परेको बताइएको छ ।

त्यस्तै वाग्मती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेंगू लक्षण भेटिएको छ । गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेंगू बिरामी भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै डेंगूका बिरामी बढ्न थालेको जनाइएको छ । महाशाखाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here