जनप्रतिनिधिलाई पनि सचेतना शिक्षा

0
1039

 

बिर्तामोड,

नेपाल औषधि व्यवसायी संघ झापाले बिर्तामोडका जनप्रतिनिधि, विद्यार्थी, विभिन्न संघसंस्था तथा टोल टोलका सर्बसाधारणलाई स्वास्थ्य सचेतना फैलाउन शुरु गरेका छन् ।

कोरोना भाइरसले विश्वका १७५ भन्दा बढी मुलुकमा महामारीको रुप लिइरहेका बेला नेपालमा यो भाइर।स फैलन नदिन सचेतना अभियान सञ्चालन गरिएको नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्काले जानकारी दिए । उनले भने – सामान्य रुगामर्की तथा ज्वरो आउँदा समेत ककोरोना भन्दै अफवाम फैलाउने काम भइरहेको छ यसलाई चिर्न सचेतना शुरु गरेका हौं । कोरोना भाइरसबाट अरुपनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश सहितको कोरोना भाइरसका लक्षाणहरु यसबाट बच्ने उपाय लगायतका सचेतनामुलक पम्प्लेट र पर्चा वितरण गर्दै सचेतान फैलाएको हो ।

औषधि व्यवसायी संघका प्रतिनिधिले बिर्तामोड नगरपालिकाका प्रवत्ता अग्निप्रसाद पाण्डेसहितका जनप्रतिनिधिलाई स्वास्थ्य प्रति आफू पनि सचेत रहने र सवै नगरवासीलाई सचेतना फैलाउन आग्रह गरिएको संघका उपाधयक्ष प्रदीप खरेलले बताए ।

कोरोना भाइरसबाट बच्न माक्स , पन्जाको प्रयोग गर्न भिडभाडमा नजान, ल्यापटव, मोवाइल, टेलिफोन लगायतका उपकरण प्रयोग गरेपछि तत्काल सावुन पानीले हात धुन सकेसम्म सहाकारी भोजन गर्न दैनिक पाँच लिटरसम्म्म पान्ी पिउन लगायतका सचेतना शिक्षा प्रदान गरिएको संघका सदस्य सुरेश खतिवडाले बताए । व्यवसायीहरुले सोमवार बिर्तामोडका ५० बढी स्थानमा पुगेर सचेतना शिक्षा प्रदान गरेको छ ।

औषधि व्यवसायीले भारतले औषधि निर्यातमा रोग लगाएका तथा अन्य समेत औषधि करिव चार महिनासम्ममका लागि मौजात रहेकाले औषधि अभाव हुन्छ भन्ने हल्लाको पछि नलाग्न व्यवसायीले आग्रह गरेका छन् । व्यवसायीहरुले नआत्तिन, भ्रममा नपरी सचेत रहन अपिल गर्दै सम्पूर्ण औषधि व्यवसायीहरुलाई सेवाको भावना सहित औषधि व्यवसाय अझबढी व्यवस्तिथ र मर्यादित पेशाका रुपमा सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले विज्ञप्ति जारी गर्दै व्यवसायिक मर्यादालाई ख्याल गर्न औषधि व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here