झापा ।
झापाको कमल गाउँपालिका–५, बगर टोलमा आगलागी हुँदा तीन घर जलेका छन् । स्थानीय धनबहादुर विकको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा दुई छिमेकीको घरसमेत जलेको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी महेन्द्र श्रेष्ठका अनुसार विकको खरको घरबाट सुरु भएको आगलागी फैलिएर सन्तोष विक र सुजन विकको घर पनि जलेका छन् ।
घटनामा सबैमा गरी ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको श्रेष्ठले बताए । आगो इलाका प्रहरी कार्यालय, दमकका अधिकृतहरु, दमक नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।





























