मलेसिया प्रवेशमा विदेशीलाई रोक, नेपाली श्रमिक प्रभावित

0
847

काठमाण्डौं ।

मलेसिया सरकारले दुई सातासम्म विदेश नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोभिड नाइन्टिनको जोखिम नियन्त्रणका लागि भन्दै चैत्र ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशीलाई मेलेसिया प्रवेशमा रोक लगाइएको हो ।

यसबाट नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेकोको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिको प्रमुख गन्तव्य मुलुक मानिन्छ । मलेसियामा पांच लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।

तर त्यहां कार्यरत रहेका नेपाली श्रमिकमा भने कोरोनाको संक्रमण देखिएको छैन । कतारले यसअघि नेपालीसहित १४ देशका नागरिकलाई यसअघि नै प्रवेशमा रोक लगाएको छ ।

यसैबीच नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुरको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here