बजारमा ग्यास सिलिण्डरको कालोबजारी बढ्यो, रंगियाथान बजारबाट ४६ थान सिलिण्डर बरामद

0
1451

शिवगञ्ज ।

शिवताक्षीमा डिलरले ग्यास लुकाई कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेको फेला छ । ग्यासको कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएपछि शिवसताक्षी नगरले बजारको अनुगमन गर्नेक्रममा यस्तो भेट्टाएको हो ।

डिलरमा खाना पकाउने एलपि ग्यास छैन । तर, विक्रेताको अनुमति नलिएका किराना पसलमा ग्यास भरिएका सिलिण्डर समितिले फेला पारेको हो । उनीहरुले १३ सय ५५ रुपैयाँमा बजारमा पाउने ग्यास १४ सय २५ सम्म विक्री गर्ने गरेको पाईएको हो ।

शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपालको नेतृत्वमा भएको बजार अनुगमनमा विचौलियाबाट उपभोक्ताले १३ सय ८५ रुपैयाँ देखी १५सय रुपैयाासम्म ग्यास बिक्री गरेको पाएको हो । नेपाल नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत हुन । बजारमा ग्यास अभाव देखिन थालेपछी वास्तविकता वुझ्न बजार पसेको अनुगमन टोलीले नगरको वडा नम्बर ४ स्थित रंगियाथान बजारबाट ४६ थान ग्याँस सहितको सिलिण्डर बरामद गरेको छ ।

मंगलबार शिवगञ्ज बजारको पुजा किराना,शाह किराना र राम जानकी ट्रेडर्स डिलरमा नभेटिएको ग्यास रंगियाथानको दिनेश साहको संदिप किराना पसलमा भेटिएको थियो । समितिले त्यहाँबाट ३४ वटा त्रिशक्ति ग्यास सहितको सिलिण्डर बरामद गरेको छ । साहले १४ सय २५ रुपैयाँमा प्रतिसिलिण्डर ग्यास बिक्रि गर्ने गरेको बताए । त्यस्तै सोही बजारको सागर सिंह राजबंशीको पसलबाट १२ थान मेची ग्यास समितिले बरामद गरेको छ । उनले १४ सय रुपैंयामा विक्री गर्ने गरेको बताएका छन ।

यता रामजी किराना पसलबाट २ थान कोशी ग्यास बरामद भएको छ । उनले एक साता अघि शिवगञ्जबाट २८ थान सिलिण्डर ल्याएका थिए । १३ सय ५५ मा खरिद गरेर ल्याएको सिलिण्डर उनले १४ सय रुपैयाँमा उपभोक्तालाई विक्री गर्ने गरेको बताए । तीनै जना व्यापारीले ग्यास सिलिण्डर विक्रि गर्ने इजाजत लिएका छैनन् । डिलरबाट उनीहरुले १३ सय ५५ मा खरिद गरेर विक्रिका लागि गोदाममा पुर्याएका थिए ।

कोशी ग्यासका डिलरले कृतिम अभाव सिर्जना गर्दै ग्राहकहरुलाई ग्यास नभएको भन्दै फर्काउने गरेको गुनासो आएपछि अनुगमन टोलीले शिवगञ्ज बजारको कोशी, त्रिसक्ति र मेची ग्यासको डिलरका गोदाममा अनुगमन गरेको थियो । अघिल्लो दिन रित्तो भएको गोदामबाटै ग्यास सिलिण्डर रंगियाथान पुगेको हो । व्यापारीले भने, ‘हामिले १३ सय ५५ मा मंगलबार खरिद गरेर ल्याएका हौं । उपभोक्तालाई १४ सय रुपैंयासम्ममा विक्रि गर्ने गरेका छौ ।’

अनुगमन टोलीले पहिला ग्यास सोद्धा नभएको जानकारी दिएको थियो, तर पछि प्रहरी सहितको टोलीले गोदाम खोल्न लगाएर हेर्दा ग्यास फेला परेको अनुगमन समितिकी संयाजक भोजकुमारी नेपालले जानकारी दिएकी छन । ग्यास लिन आउने ग्राहक तथा उपभोक्तालाई नदिईकन चर्को मुल्यमा बिक्रि गर्न कृत्रिम अभाव सिर्जना गरेको उनले बताईन ।

डिलरले एउटै व्यक्तिलाई ४५ सिलिन्डरसम्म ग्याँस बितरण गरेको पाईएको छ । यसले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन्छ । जसका कारण उपभोक्ताले सहजै तोकिएको मुल्यमा ग्यास नपाउने कारण हो । अनुगमन भईरहदा बजारमा ग्याँसको हाहाकार देखिएपनि ग्राहकले महंगो शुल्क तिर्न तयार देखिएका थिए । कतिपय उपभोक्ता गोजिमा पैसा लिएर महँगो दरमा ग्यास खरिद गर्न आएका थिए । महँगोको प्रवाह नगरेका स्थानीयले रंगियाथानका व्यापारीले ग्याँस उपलब्ध गरादिने गरेको बताएका छन् ।

सरकारले तोकेको मुल्य भन्दा बढी रुपैयाँमा ग्यास बिक्री गर्न पाईन्न । शिवगञ्जका उपभोक्तालाई बिक्रि बितरण नगरिकन चर्को मुल्य असुल्दै एकै व्यक्तिलाई आवश्यकता भन्दा बढी ग्यास दिने गरेको शिवगञ्ज बजारका ग्यास डिलरलाई उपभोक्ताको आरोप छ । शिवगञ्ज बजारबाट रंगियाथान बजार १२ किलोमिटर दुरीमा छ । रंगियाथान बजारमा ग्यासको आधिकारीक विक्रेता छैन । स्थानीय उपभोक्ताका अनुसार डिलर नभएपनी बढी पैसा तिर्दा ग्यास पाईने गरेको छ ।

स्थानीय उपभोक्ताका लागि नगर लगायतका निकायले पहल गरिदिन आग्रह गरेका छन । अनुगमन समितिले बरामद गरेको सिलिण्डर नगरपालिकामा राखेको छ । नगरले खाना पकाउने एलपि ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र कालोवजारी कसुरमा बिक्रेता र वितरक दुवैलाई कार्वाही गर्ने बताएको छ ।

यस्तै जनता बजार र बुलुचोक बजारको अनुगमनका क्रममा समितिले घरेलु मदिरा समेत नष्ट गरेको छ । स्थानीय होटलमा फेला परेको ४८ लिटर घरेलु मदिरा समितिले स्थानीय प्रहरी, जनप्रतिनिधि र पत्रकारको उपस्थितीमा नष्ट गरेको हो । डिजिटल तराजु प्रयोग गर्न पटक पटक अनुरोध गरेको शिवगञ्ज बजारको एक मासु पसलबाट परम्परागत तराजु जफत गरेको छ । बजारमा फेला परेका खान अयोग्य वस्तुपनि समितिले नष्ट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here