निर्माण व्यवसायी सङ्घ झापाको साधारणसभा स्थगित

0
509

झापा ।

निर्माण व्यवसायी सङ्घ झापाको १४ औँ चुनावी साधारणसभा स्थगित भएको छ ।

कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भिडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गते शुक्रवार र शनिबारलाईतय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको सङ्घका महासचिव ओम पौडेलले जानकारी दिए ।

सङ्घका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा हालै बसेको कार्यसमितिको आकस्मिक बैठकले साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरेको थियो । यो चुनावी साधारणसभा पनि भएकोले ७ गते साधारणसभाको उद्घाटन र ८ गते नयाँ कार्यसमिति चयनका लागि चुनावी कार्यक्रम तय गरिएको थियो ।

सङ्घले साधारणसभा सफल बनाउन मूल समारोह समितिलगायत विभिन्न उपसमितिसमेत गठन गरेको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंह आउने निश्चित भएको थियो ।

अहिलेको समय प्रतिकूल भएको र पुरै देश कोरोनाको जोखिम नियन्त्रण गर्न जुटेको बेला निर्माण व्यवसायीहरू पनि कारोनाविरुद्धको अभियानमा जुट्न थालेको बताउँदै अध्यक्ष बस्नेतले सबै तयारी पूरा भए पनि साधारणसभा तत्कालका लागि स्थगित गरिएको बताए । सङ्घमा हाल झन्डै २५० सदस्य रहेको सङ्घका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here