सचेतना कार्यक्रमसहित मास्क वितरण

0
522

विर्तामोड।

वीरता जेसीजले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सचेतना कार्यक्रमसहित मास्क वितरण गरेको छ ।

वीरता जेसीजले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् प्रहरीलाई मास्क वितरण गरेको हो ।

हरेक क्षेत्रमा प्रहरी पुग्नुपर्ने भएकाले कोरोना भाइरसको उच्च जोखिममा प्रहरीहरु रहेकाले उनीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क वितरण गरेको वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको उनले वताए ।

वीरता जेसीज सदस्यहरुको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुलाई एक सय थान र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाललाई एक सय थान माक्स वितरण गरेको वीरता जेसीजका महासचिव विकास वस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here